Description

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ‼️‼️
प्रथम पटक प्रकाशित मिति: २०८२/१२/१०
जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेडको निर्माण गर्ने अभियान अनुरूप सामुदायिक बैंकिङ सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि स्थापित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको वित्तीय संस्था पूर्वको पर्सा देखि कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ वटा जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा रहेको छ। यस वित्तीय संस्थाको विभिन्न तहमा केही कर्मचारीहरूको आवश्यकता परेकाले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

विज्ञापन नं.: ७/२०८२/०८३
पद: कनिष्ठ सहायक
श्रेणी: सहायक
संख्या: केही

योग्यता:
एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ६ महिनाको कार्यअनुभव।

उमेर:
अधिकृत श्रेणी: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
सहायक श्रेणी: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
(महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ)
परीक्षाको किसिम: अन्तरवार्ता तथा छलफल।

प्राथमिकतामा पर्ने:
लाइसेन्स भएको मोटरसाइकल/स्कुटर समेत भएकालाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू:
रितपूर्वक भरिएको संस्थाको दरखास्त फाराम, व्यक्तिगत विवरण (बायोडाटा), नेपाली नागरिकता प्रमाणपत्रको छायाँ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको छायाँ प्रति, कार्यअनुभव तथा तालिमका प्रमाणपत्रहरूको छायाँ प्रति, सवारी साधन चालक अनुमति पत्रको छायाँ प्रति (भएमा), हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति।

दरखास्त फाराम:
यस वित्तीय संस्थाको वेबसाइट www.jucbank.com.np मा गई Download मा राखिएको दरखास्त फाराम डाउनलोड गर्न सकिनेछ।

आवेदन बुझाउने स्थान:
वित्तीय संस्थाको वेबसाइटमा Publication भित्र Career भित्र Apply Now मा गई आवेदन फाराम भर्न सकिने छ। प्राप्त दरखास्तहरू कारण खोली वा नखोली कुनै वा सबै अस्वीकृत गर्ने अधिकार वित्तीय संस्थामा सुरक्षित रहनेछ।

(नोट: रितपूर्वक परेका दरखास्त मध्ये छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र परीक्षामा सामेल गरिनेछ।)

Apply Now
फोन नं.: 977-9815521531
info@sachojob.com
Website: www.sachojob.com