Description
कर्मचारी आवश्यकता
(प्रथम पटक प्रकाशित मिति २०८२/११/०५ गते)
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वेगम न.पा. १३, बैशेपाटी काठमाडौँमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयहरूको लागि देहाय बमोजिमका पदमा कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवेदन आह्वान गरिन्छ।
विज्ञापन नं. १०/२०८२/०८२
पद: सुपरभाइजर / वरिष्ठ सहायक (शाखा प्रमुख)
श्रेणी: सहायक श्रेणी
संख्या: २
आवश्यक न्यूनतम योग्यता: स्नातक उत्तीर्ण भई लघुवित्त वित्तीय संस्थामा कम्तिमा २ वर्ष वा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण भई लघुवित्त वित्तीय संस्थामा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ।
नोट:
उमेरको हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ।
परीक्षाको किसिम छोटो सूचीमा परेकाहरूमध्ये अन्तर्वार्ताको माध्यमबाट छनोट गरिनेछ।
तलब भत्ता तथा सुविधा वित्तीय संस्थाको नियमानुसार हुनेछ।
विशेष प्राथमिकता कम्प्युटर (वर्ड, एक्सेल, इमेल इन्टरनेट) को राम्रो ज्ञान भएको साथै मोटरसाइकलको लाइसेन्स प्राप्त व्यक्तिलाई दिइनेछ।
दरखास्त बुझाउने स्थान मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय वा info@sachojob.com इमेल ठेगानामा website www.manushilbs.com.np बाट आवेदन फारम डाउनलोड गरी भरेको फारम, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकतानुसार कार्य अनुभव पठाउन सकिनेछ।
दरखास्त दिने अन्तिम मितिमा बिदा परेमा सोको भोलिपल्ट बुझाउन सकिनेछ।
म्याद नाघेको वा रित नपुगेको निवेदनहरू स्वतः रद्द हुनेछ। छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्तामा बोलाइनेछ साथै कर्मचारी आवश्यकताको विज्ञापन स्थगन गर्ने, राख्ने र हटाउने सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ।
पदपूर्ति समिति
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड
MANUSHI LAGHUBITTA BITTIYA SANSTHA LTD